एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

admin

काठमाडौँ, ९ चैत : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा सुरु हुने बैठक बिहीबारसम्म चल्नेछ ।

चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूचीमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रतिक्रिया