निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसमा फरक–फरक सुझाव

admin

काठमाडौँ, १२ चैत : नेपाली कांग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने बिषयमा फरक फरक सुझावहरु आएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचन केन्द्रीत अभियानका बिषयमा लिइएको सुझावका क्रममा गठबन्धन गर्ने बिषयमा फरक फरक सुझावहरु आएको कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिनुभयो ।

उहाले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा भएको बताउनुभयो । बैठकमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उहाले बताउनुभयो ।

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएको र पार्टी नेतृत्वले त्यसमाथि छलफल गर्ने उहाले बताउनुभयो ।

छलफलपछि कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेको बताउनुभयो । उहाले गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई दिनुपर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको निर्णयलाई आफुले मान्य भन्दै निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो । कांग्रेस बैठक पुन आइतबार बस्ने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया