मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीच हुने खेलको तयारी पूरा

admin

काठमाडौं, १९ चैत : एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मछिन्द्रले मंगलबार ब्लु स्टारसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । मछिन्द्रले खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ । खेल अघि सबिन राईको कन्सर्ट हुने मछिन्द्रले जनाएको छ ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ ।

प्रतिक्रिया