रेनुकाे ‘बा’ लाई जनताका ‘बा’ ले हराउँछन्: महेश बस्नेत

admin

काठमाडाैं, २४ चैत : नेकपा एमालेका पाेलिटब्युराे सदस्य एवम् युवा फाट ईन्चार्ज महेश बस्नेतले `रेनुका बा प्रचण्डलाई जनताका बा केपी ओलीले´ हराइदिने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल गैंडाकाेटको नगर कमिटीकाे चाैंथाे नगर अधिवेशनलाई सम्बाेधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले जनताका बा केपी ओली भएको भन्दै प्रचण्ड छोरीको चिन्तामा चितवन धाइरहेको तर केपी ओली विभिन्न जिल्लामा पुगेर जनतासँगै समस्या बुझिरहेको बताए ।

बस्नेतले भने,“केपी ओलीप्रति जनलहर बढीरहेको छ । चिसो भनेकै कोकाकोला जस्तै नेता भनेकै केपी ओली भन्ने भएको छ ।”

कम्युनिष्टहरुकाे एकता भांडेर कांग्रेसंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालकाे राजनीतिक यात्रा ओरालाे लागेकाे भन्दै बस्नेतले अवकाे चुनावनै अन्तिम यात्रा हुने दाबी समेत उनले गरे ।

प्रतिक्रिया