अभिनेता भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने

admin

काठमाडौं, २६ चैत : अभिनेता भुवन केसीले आफू उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता केसीले आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई भने साहसिक कदम भनेका छन् ।

अभिनेता केसीले कुनै कलाकारले महानगरको मेयर बनेर जनताको सेवा गर्छु भन्नु स्वाभाविक भएको, तर कार्यव्यस्तता र प्राविधिक कारण अहिले आफू उम्मेदवार बन्न नसक्ने बताएका छन् ।

यस्तो छ केसीले फेसबुकमा लेखेको स्टाटस –

प्रतिक्रिया