सकियो ख्वप कलेजको साइकल यात्रा

admin

भक्तपुर, ३ वैशाख : हरेक महिना साइकल यात्रा आयोजना गर्ने सुझावका साथ ख्वप कलेजको नयाँ वर्ष साइकल यात्रा सकिएको छ ।

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्राको आयोजना गरिएको थियो । यात्रामा कूल १३ जना सहभागिता थिए ।

पाँच जना विद्यार्थी र आठ जना प्राद्यापकले यात्रामा भाग लिएका थिए । जसमा दुई जना छात्रा पनि सहभागी थिए । यात्रा शनिबार बिहान साढे ६ बजे ख्वप कलेजबाट सुरु भएको थियो ।

यात्रा कलेजबाट भक्तपुर नगर हुँदै टौमढी पुगेर सूर्यविनायक पुगेको थियो । सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलस्थित सिम्पानी रेस्टुरेन्टमा ब्रेकफास्ट लिएर समापन भएको थियो ।

प्रतिक्रिया