नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र

admin

हेटौंडा, ६ बैशाख: नेपालकै इतिहासमा पहिलोपटक उन्नत लोकतन्त्र पार्टीले भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र गर्ने निर्णय गरेको छ। अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र आम नागरिकमा बाढ्ने ऐतिहासिक कामको शुरुवात गरेको छ। गत आइतबार हेटौंडा उपमहानगरपालिका वडा नं.४ गरुडपथमा आयोजित कार्यक्रममा मतदाताहरुबीच उक्त तमसुकपत्र सार्वजनिक गरिएको थियो ।

तमसुकमा स्थानीयतह निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीका उम्मेद्वारहरुले गरेका प्रतिवद्धताहरु उल्लेख छ । विजयी भएपछि प्रतिवद्धता अनुसारको काम नगरेमा औंठाछाप सहितको तमसुकपत्रकै आधारमा अदालतमा मुद्दा दर्ता नै गरेर फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपालले जानकारी दिए ।

उन्नत लोकतन्त्र पार्टीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा जिल्ला अध्यक्ष अयोध्या कुमार भट्टराई चुनावी मैदानमा उत्रने भएका छन् भने उपमेयरमा अझै नाम टुङ्गो लाग्न बाँकी छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपाल, विशेष अतिथि प्रवुद्ध परिषदका संयोजक तथा बरिष्ठ पाईलट केबि लिम्बु, अतिथिहरुमा उद्योग बाणिज्य बिभाग प्रमुख रामाराजा आचार्य, प्रवक्ताद्वय साजन विश्वकर्मा, पार्टी संगठन विभाग प्रमुख सन्तोष अधिकारी, खेलकुद बिभाग प्रमुख अर्जुन गौतम सहित सचिववालय सदस्यहरुको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया