भक्तपुरमा मध्यरातमा एमालेका दुई उम्मेदवारलाई स्थानीयले लिए नियन्त्रणमा

admin

भक्तपुर, २९ वैशाख : भक्तपुरमा निर्वाचन आचारसंहिता लागू भएर मौन अवधिमा समेत मतदातालाई प्रभावित बनाउन राती हिँडेका दुई उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

स्थानीयले सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जेमा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका राजकुमार जोशी र वडा सदस्यका उम्मेदवार मनोज थापालाई गए राति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयका अनुसार उम्मेदवारसहितको टोली बा ९ च ५३ ७५ नम्बरको भ्यान गाडीमा आएका थिए । उनीहरुलाई कटुञ्जेको त्वायना टोल र मिजार टोलबाट नियन्त्रणमा लिइएको थियो ।

भ्यानसहित आएका उनीहरु मतदातालाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको स्थानीयले आशंखा गरेका छन् ।

प्रतिक्रिया