एमालेको गठबन्धनमाथि लगायो १५ बुँदे आरोप, निर्वाचनमा धाँधली गरेको ठहर

admin

काठमाडौं, १ जेठ : नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको र मतगणनामा पनि गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ ।

एमालेले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनमाथि विभिन्न १५ बुँदे आरोप लगाएको छ ।

Press-Statement-Jesth-1-uml

प्रतिक्रिया