लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक

admin

काठमाडौं : ‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ ।

रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवा स्वयंमले निर्देशन गरेकी हुन् ।

भिडियोमा अन्तरजातिय विवाह गरेको लक्ष्मी र जीवनको ‘रियल जोडी’को अभिनय रहेको हो । गीतको भिडियोमा भने जातिय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको छ ।

ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । गीत र भिडियोलाई स्रोता दर्शकले रुचाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया