अमेरिकी अस्पतालमा तीन स्वास्थ्यकर्मीमाथि छुरा प्रहार

admin

लस एन्जलस : अमेरिकाको क्यालिफोर्नियामा शुक्रवार एक व्यक्तिले ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’ अस्पतालको आकस्मिक कक्षमा पसी आक्रमण गर्दा तीनजना स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन्।

लस एन्जलसको प्रहरी विभाग (एलएपीडी)का अधिकारी ड्रेक मेडिसनका अनुसार आक्रमणकारी अपराह्न ४ बज्नुभन्दा केही मिनेटअघि सान फर्नान्डो भ्यालीस्थित ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’मा पुगेका थिए।

प्रहरी अधिकारीले आक्रमणकारीले तीनजना चिकित्साकर्मीमाथि छुरा प्रहार गरे र एक घण्टासम्म अस्पतालभित्रै घुमिरहे। एम्बुलेन्स विभागका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका तीनैजनालाई ट्रमा सेन्टरमा लगिएको छ।

गत बुधबार पनि सशस्त्र व्यक्तिले ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएका थिए।

प्रतिक्रिया