बाजुरामा मतदान सरकारले रोकेको होइन, निर्वाचन आयोगले हो; गृहमन्त्री

admin

काठमाडौं, २४ जेठ : गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् ।

एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए ।

सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले मतदान नरोकेको, सुरक्षाकर्मीले मतगणना प्रभावित नपारेको भन्दै निर्वाचनको परिणाममा आशंका नगर्न आश्वस्त पारेका छन् ।

उनले स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई सफलताको शुभकामना दिँदै सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर रहेको भन्दै केही छिटपुटका घटना भएका भए त्यसमा छलफल गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया