जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको गृहमन्त्रीको प्रष्टीकरण 

admin

काठमाडौं, २४ जेठ : गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् । <

उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको हो । उनले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे ।

घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए ।

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ ।

थारुको हिजो प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया