बर्दियामा गोली प्रहारबाट भएको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

admin

काठमाडौं, २४ जेठ : सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले समितिलाई सात दिनमा घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको मंगलबारको संसद् बैठकमा जानकारी गराए ।

उनले प्रहरीलाई गोली प्रहार गर्न आदेश नदिइएको पनि स्पष्ट पारेका छन् । सांसदहरूले थारुको हत्याबारे संसद्मा गृहमन्त्रीको जवाफ मागेका थिए ।

 

प्रतिक्रिया