आदेश बिना नै प्रहरीले गोली चलायो, दोषीलाई कारवाही गर्छौँ; गृहमन्त्री

admin

काठमाडौं, २४ जेठ : गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रमा स्थानीयको प्रदर्शनमा गोली चलेको बिषयमा छानविन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले प्रदर्शनमा प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको र केहि घाइते भएको भन्दै उक्त घटनाको छानविन हुने बताउनुभयो । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए ।

मन्त्री खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएकाले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उहाले जानकारी दिनुभयो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

त्यस्तै उहाले बाँकेमा भएको सामूहिक बलात्कारमा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो । घटनामा १६÷१७ वर्षका पुरुष समेत संलग्न भएको जानकारी आएको भन्दै उहाले यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने मागप्रति सकारात्मक रहेको जिकिर गर्नुभयो ।

बैठकमा सांसदहरुले बर्दियामा गृहमन्त्री, सिडियोले निर्देशन नदिदा पनि गोली चलाउनेलाई कारवाही हुनुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया