मन्त्रीहरु परिवर्तनको बिषयमा पार्टीका कोहि पनि असन्तुष्ट छैनन् : माधव नेपाल

admin

काठमाडौँ, २५ जेठ :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मन्त्रीहरु परिवर्तनमा बिषयमा कोहि पनि असन्तुष्ट नरहेको दावी गर्नुभएको छ । उहाँले मन्त्री परिवर्तन गर्ने दवाव अरु दलमा पनि आएको हुनसक्ने तर्क गर्नुभयो ।

आज बुधबार काठमाडौंमा पार्टी विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको बताउनुभएको पनि बताउनुभएको छ ।

उहाँले गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको र आफ्नै बलमा चूनाव उठेको भए धेरै स्थान बिजयी गर्ने दावी गर्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राख्नुभयो ।

अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताउनुभयो ।

प्रतिक्रिया