निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गराउन राप्रपा बाराद्वारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

admin

बारा, १ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति बाराले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र निर्माण गर्न प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बारा मार्फत प्रधानमन्त्रीलाई यथासिघ्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कार्य गर्न माँग गरिएको हो ।

यस्तै, राप्रपा बाराद्वारा किसान मल तथा बिउ नपाएर चिन्तित भएको हुँदा समयमैं कृषकका लागि मल र बिउको व्यवस्थापन गर्नुपर्ने माँग विज्ञप्ती मार्फत गरिएको छ ।

यसैगरी, महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावरकारी संरचना र नीति कायम गर्न पनि आग्रह गरिएको छ । पेट्रोलियम पदार्थ र खाना पकाउँने ग्याँसमा भइरहेको श्रंखलाबद्ध मूल्य बृद्धि अविलम्ब रोक्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुका साथै २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पति छानविन गर्न पनि आग्रह गरिएको छ ।

राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रीपरिषद्बाट नीतिगत निर्णयको आवरणमा हुँने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया