खेती गर्ने समयमा मल–बीउ माग्दै किसान सडकमा

admin

काठमाडौं, ८ असार : खेतीपातीको समयमा पनि मल नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

बुधबार काठमाडौंको माइतिघरमा किसानहरुले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि र महङ्गीबिरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रेका किसानहरुले मलमा भइरहेको कालाबजारी अन्त्य गर, किसानलाई तुरुन्त मल बिउको व्यवस्था गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले मल अभावका कारण रोपाई गर्न नपाइएको भन्दै सडकमा नै धानको बीउ रोपेका थिए ।

प्रतिक्रिया