प्रधानमन्त्री र सिपिसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

admin

काठमाडौँ, २६ असार : प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको हो । उहाँले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया