संगठित र योजनाबद्ध धर्म परिवर्तन नियन्त्रण गर्न कमल थापाको माग

admin

काठमाडौं, २६ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संगठित र योजनाबद्ध धर्म परिवर्तन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसंग माग गर्नुभएको छ ।

आइतबार काठमाडौंमा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले आयोजना गरेको कार्यक्रममा थापाले सनातन धर्म सस्कृतिको रक्षा गर्ने भनि संविधानमा नै उल्लेख भएकाले संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तनलाई नियन्त्रण गर्न माग गर्नुभएको हो ।

उहाले अहिले संगठित र योजनाबद्ध धर्म परिवर्तनलाई रोकेर सरकारले आफ्नो कतव्र्य पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल धार्मिक स्वतन्त्रता भएको मुलुक भएकाले आफ्नो इच्छाले गरिएको धर्म परिर्वतनमा राप्रपाको कुनै आपत्ती नरहको उहाले बताउनुभयो ।

अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्षको व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता अनुकुल नहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया