आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : देव गुरूङ

admin

काठमाडौं, २६ असार :  नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताउनुभएको छ ।

संवाद डबलीले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका बिषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताउनुभएको हो ।

उहाले गठबन्धनबीचको चूनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गर्नुभयो । गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमिक्षा नगरेकाले एमालेसंग सहकार्य हुन नसक्ने तर्क गर्नुभयो ।

फरक प्रसंगमा उहाले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका बिषयमा छानविन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टिका टिप्पणी गर्न उचित नहुने धारणा राख्नुभयो ।

नेता गुरुङले सवैका सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ बिधेयक सदनमा दर्ता हुने बताउनुभयो ।

प्रतिक्रिया