गठबन्धन सरकार निष्प्राण भैसक्यो, यसले समाजमा हैजा फैलाउँछ : ओली

admin

भक्तपुर, २७ असार : ललितपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निष्प्राण भइसकेकोले यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नुभएको छ ।

आज सोमवार सम्पादकहरूसँगको अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो, अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ ।’ निष्प्राण भैसकेको गठबन्धन बोकेर हिँडेर काम नहुने उहाँले टिप्पणी गर्नुभयो ।

‘अब गठबन्धनको पनि सतीदेवीको जस्तो अङ्ग झर्दै जान्छ । अस्ति एउटा अङ्ग झर्‍यो । यसको अङ्ग झरेको ठाउँमा सतीदेवीको जस्तो कुनै पीठ बन्दैन । त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन’, ओलीले भन्नुभयो ।

ओलीले आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी पनि गर्नुभयो । एकछिन सत्तामा पुग्नकै लागि सबथोक गर्ने पक्षमा आफूहरू नभएको उहाँको भनाइ थियो । ओलीले गठबन्धनलाई विवाहको संज्ञा दिँदै हरेक विवाह डिभोर्समा टुङ्गिने टिप्पणी गर्नुभयो । आफूहरूले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै ओ

लीले भन्नुभयो, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ ।’ ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलङ्काको जस्तो सङ्कटग्रस्त हुन सक्ने दाबी पनि गर्नुभयो

। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता देखिएको र हतियार खरिदमा बजेट विनियोजन भएको जस्ता विषयले नेपाललाई श्रीलङ्काकै स्थितिमा पुर्‍याउन सक्ने टिप्पणी गर्नुभयो । अहिलेको अधोगतिमा ‘ब्रेक’ लगाइएन भने अवस्था त्योभन्दा उधो खस्न सक्ने ओलीको भनाइ छ ।

प्रतिक्रिया