यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौँ, भदौ ६ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ८१ पैसा र बिक्री दर १२८ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ६४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया