काभ्रेमा होक्स बम फेला

admin

काभ्रे, ७ भदौ : काभ्रेमा शंकास्पदरूपमा राखिएको होक्स बम डिस्पोज गरिएको छ । बिपि राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नबर ९ राना छापमा शंकास्पद रूपमा राखिएको प्रेसर कुकर फेला परेको थियो ।

एमसीसि मुर्दावाद लेखिएको प्रेसर कुकर देखे लगत्तै नेपाली सेना र डिएसपी सहितको टोली घ ट नास्थल पुगेर डिस्पोज गरेको काभ्रेका प्र ह री नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । बम नेपाली सेना कालिजगं गण धुलिखेलका सेनाले डिस्पोज गरे सँगै राजमार्ग सुचारु भएकोछ।

विप्लव सहित केहि दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । उनीहरूकै समूहले प्रेसर कुकर राखेको हुनसक्ने बताईएको छ ।

जिल्लामा यसबाहेक अन्य अप्रिय घटना भएको छैन । गाडीहरू निर्वाधरूपमा चलिरहेका छन् ।

प्रतिक्रिया