मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

admin

काठमाडौं, भाद्र ८ : भ्रष्टाचारको मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन्।

उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गर्दै जेल चलान गरेको हो।

यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो।

एसआरसी इन्टरन्याश्नलबाट उनको खातामा ४ करोड २० लाख रिङगेट रकम पठाएको पाइए पनि उनले निरन्तर आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए।

६९ वर्षीय नजिब त्यतिबेला अपीलपछि जमानतमा रिहा भएका थिए। उच्च अदालतको पछिल्लो फैसलासँगै उनले १२ वर्ष जेल बिताउनुका साथै २१ करोड रिङेट जरिवाना पनि तिर्नुपर्नेछ।

प्रतिक्रिया