राष्ट्रपति भण्डारी पशुपतिमा

admin

काठमाडौँ, १४ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिनुभयो ।

राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया