काभ्रेमा ६ जना जुवाडे पक्राउ

admin

काभ्रे: ईलाईका प्रहरी कार्यालय बनेपाले पनौतीबाट पक्राउ परेका तास खेल्ने समूहलाई सार्वजनिक गरेको छ ।

बनेपा प्रहरीले केहीबेर अघि मात्रै पक्राउ परेका सबैलाई सार्वजनिक गरेको हो । प्रहरीले हिजो साँझ सात बजेतिर पनौती नगरपालिका वडा नम्बर ३ पुछारे स्थित सुरेन्द्र लामाको घरमा तास खेली रहेका ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पनौती ३ का ४५ बर्षीय सुरेन्द्र लामा, २६ बर्षीय सन्जिव तामाङ, २५ बर्षीय रुप बहादुर तामाङ, २१ बर्षीय सुरेश भन्ने देव तामाङ, ४० बर्षीय सुरज भन्ने सुरथ लामा र ३९ बर्षीय प्रदिप लामा रहेका छन ।

पक्राउ परेका सबैलाई आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको ईप्रका बनेपाले जनाएको छ ।

प्रतिक्रिया