जेलेन्स्कीद्वारा युक्रेनका चुनौतीहरूको रूपरेखा प्रस्तुत

admin

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार रूपरेखा प्रस्तुत गर्नुभएको छ ।

युरोपेली परिषद्को अनौपचारिक बैठकमा भिडियो लिंकमार्फत बोल्दै जेलेन्स्कीले युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट आफ्नो ऊर्जा सुविधाको भौतिक सुरक्षा रहेको बताउनुभयो ।

युक्रेनलाई आफ्नो ऊर्जा पूर्वाधारमा सम्भावित आक्रमणरोक्न पर्याप्त हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “कीभका लागि अर्को चुनौती दक्षिणी युक्रेनमा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको असैन्यीकरण र यसको कार्यप्रणालीको पुनस्र्थापना हो ।

द्वन्द्वपछिको पुनर्निर्माण सरकारका लागि तेस्रो महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै युक्रेनी नेताले युक्रेनको द्रूत पुनः निर्माण योजनाअन्तर्गत काम गर्न थालिसकेका देशहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । युक्रेनको अवस्थाका साथै ऊर्जा र आर्थिक विषयमा छलफल गर्न चेक रिपब्लिकको प्रागमा युरोपेली परिषद्को अनौपचारिक बैठक शुक्रबार बसेको

प्रतिक्रिया