यस्तो छ आजको मौसम

admin

काठमाडौं, ११ कात्तिक : शुक्रबार बिहान देशका अधिकांश स्थानको मौसम सफा छ। पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ।

महाशाखाका अनुसार बाँकी भू–भागहरुमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया