निर्वाचन आयोगले गगन थापालाई पुनः स्पष्टीकरण सोध्यो

admin

काठमाडौं, कात्तिक १२ : निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।

आयोगले थापालाई कात्तिक ८ गते डेङ्गीविरूद्ध अभियान किन चलाएको भनेर स्पष्टीकरण सोधेको थियो । अझै पनि त्यस्तो अभियान चलाउने भनेर वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले उहाँलाई पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यदि डेङ्गी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यकता महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्ने आयोगले जनाएको छ । तर थापा आफैँले गर्न पाउने कानुनी व्यवस्था नभएको आयोगले स्पष्ट पारेको छ ।

फेरि पनि आचारसंहिता विपरीत मतदातालाई प्रभावित गरेको हुँदा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ । थापालाई आयोगले किन कारबाही नगर्ने भनेर प्रश्न पनि गरेको छ ।

प्रतिक्रिया