यस्तो छ आजको मौसम

admin

काठमाडौं, १५ कात्तिक: मंगलबार पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले पहाडी भू–भागहरूमा आंशिक बदली रही हल्का वर्षा हुने जनाएको छ। बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

राति प्रदेश १,गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ। महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा छ।

प्रतिक्रिया