घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

admin

काठमाडौँ, २२ कात्तिक : आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार २६५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया