गठबन्धन बैठक : मन्त्रिपरिषद् विस्तार भोलि हुने

admin

काठमाडौं, चैत १५ : मन्त्रिपरिषद् विस्तार भोलि (बिहीबार) हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सकिएको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँट लगभग टुंग्याएको हो।

जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा नजाने गरी सहभागी भएको हो।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा छुट्टाछुट्टै भेटेर छलफल गरेका छन्। आजको बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने गरी छलफल भएको बताए।

दलहरूले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउने सहमतिसमेत भएको छ। माओवादीका ५, कांग्रेसका ७ देखि ८ वा कति मन्त्रालय पाउने भन्ने निर्णय भोलिको बैठकबाट हुनेछ। नेकपा एकीकृत समाजवादी र जसपाले ३/३ मन्त्रालय दाबी गर्दै आएका छन्।

 

प्रतिक्रिया