यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौँ, १५ वैशाख : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६५ पैसा र बिक्री दर १३१ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ३४ पैसा र बिक्री दर १४५ रूपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९९ पैसा र बिक्री दर १६३ रूपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८३ पैसा र बिक्री दर ३५ रूपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया