देउवालाई सिंहको आग्रह- ‘अब पार्टीभित्र हिलो छ्यापाछ्याप नगरी विधिसम्मत जाऔं’

admin

काठमाडौँ, २० जेठ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको अन्तरकलहलाई छोडेर विधिको शासनबाट पार्टी सुधार गरी सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधि र शासन विपरित अन्तरकलह र एक अर्काबीचमा दोषारोपण गर्न छोडेर जनभावना अनुसार समय छँदै पार्टी सुर्धान लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘समयको प्रवाह अनुसार हामीहरुले पनि जनताको इच्छा आकांक्षा बमोजिम समयलाई राम्ररी बुझेर पार्टीलाई अगाडि बढाउनेतिर लाग्नुपर्छ ।’

नेता सिंहले पार्टी सभापतिको ध्यानाकर्षण गराउँदै विधि र नियमबाट कांग्रेस नचलेको प्रष्ट भएको भन्दै समय छँदै त्यसलाई बुझेर नियम संगत पार्टी सञ्चालन गर्न आग्रह गरे ।

उनले भने, ‘विधि र नियमबाट पर्टी चलेको भए त यति असन्तोष त काँहीपनि हुन नपर्ने थियो । अब हामीले जुन बचेको समय छ,त्यसमा पार्टीलाई विधिसम्मत, नियमसम्मत र संस्थागत रुपमा अगाडि बढायांै भने अन्य कुनै राजनीतिक दल वा शक्तिको चुनौती हामीलाई सामना गर्नै पर्दैन्।’

पार्टीको मुख्य समस्या पहिचान भइसकेकाले त्यसलाई समय छँदै सुधारेर वडादेखि केन्द्रीय तहसम्मका बाँकी रहेका सबै काम सम्पन्न गर्नुपर्नेमा नेता सिंहले जोड दिए । पार्टीको भातृसंघको निर्वाचनदेखि विभिन्न विभागको काम तत्काल पूरा गर्नुपर्ने उनको सुझाव थियो ।

प्रतिक्रिया