Home

जोनसँग रोमान्टिक अवतारमा देखा परन् सुन्दरी समारिका

admin

काठमाडौँ । गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इञ्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ ।

जसमा मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमील जोडीको रमाइलो प्रेम कथा देखाउन खोजेको बताए ।

ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रुपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् । गायक गोकुल हाल व्यबसायको सिलसिलामा जापानमा छन् ।

युवा व्यबसायी समेत रहेका गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका १ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया