पशुपतिनाथ परिसरबाट साँढे चोरी–निकासी गर्नेलाई कारबाहीको चेतावनी

admin

काठमाडौँ, २७ जेठ : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ परिसरमा छाडिएका नन्दी (साँढे) चोरी निकासी भइरहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

कोषले शनिबार विज्ञप्ति जारी गरी केही दिनयता विभिन्न बहानामा गाई फार्म लगायत विभिन्न बहाना बनाएर नन्दीको चोरी निकासी हुने गरेको पाएको भन्दै यस प्रकारको कार्य नगर्न भनेको छ। यस प्रकारको गैरकानूनी कार्यलाई प्रोत्साहन नगर्न र गरेको देखेमा उद्धारमा सहयोग गर्न पनि कोषको आग्रह छ।

कोषले भगवान् पशुपतिनाथको गहनाको रूपमा रहेका नन्दीहरूको रेखदेख तथा खानपानको व्यवस्था कोष तथा श्रद्धालुको सहयोगबाट हुँदै आइरहेको पनि जनाएको छ।

पशुपतिनाथ मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट १ वटा गरी वर्षमा जम्मा १३ वटाका दरले नन्दी छाड्ने परम्परा रहेको कोषले जनाएको छ।

ती नन्दीहरूको रेखदेख तथा खानपानको व्यवस्था कोष तथा श्रस्पशुृपतिनाथमा प्रीति राख्ने दाताहरूको सहयोगबाट हुँदै आएको पनि जनाइएको छ।

प्रतिक्रिया