विश्वकप क्रिकेट छनोटः नेपाल र अमेरिका भिड्दै

admin

काठमाडौं, असार ५ : जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बावेको ताकासिंगा क्रिकेट क्लबमा हुनेछ ।

आजै समूह ‘ए’रहेको घरेलु टोली जिम्बाब्वे र नेदरल्याण्ड्सबीच पनि प्रतिस्पर्धा हुँदैछ । यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

समूह ‘ए’ मा नेपाल, जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘ए’ को अंक तालिकामा २ अंकसहित जिम्बावे पहिलो र वेस्ट इन्डिज दोस्रो स्थानमा रहेको छ भने एक खेल पनि नखेलेको नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेको छ । सोही समूहमा रहेको अमेरिका चौथो र नेपाल पाँचौ स्थानमा रहेको छ ।

छनोट खेलको समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । समूह ‘बी’को अंक तालिकामा २ अंकसहित श्रीलंका पहिलो स्थानमा रहेको छ भने ओमान दोस्रो स्थानमा रहेको छ ।

छनोट खेलमा समूहको शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया