वीर अस्पतालका ७ सय शय्या शुक्रबारदेखि निःशुल्क

admin

काठमाडौं, असार ८ : वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो । यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताउनुभयो । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने तोकिएको शुल्क लाग्नेछ ।

७०० बेड निःशुल्क गरेबापत् हुने वार्षिक पाँच करोड रुपैयाँ खर्च सरकार र अस्पतालको आन्तरिक स्रोतबाट व्यहोरिने पनि डा. बस्नेतले बताउनुभयो । त्यस्तै न्याम्सले अन्य आंगिक अस्पतालहरुसग समन्वय गरेर त्यहाको विरामीको चापलाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको छ ।

स्वास्थ्यमा आम नागरिकको सहज पहुचलाई सुनिश्चित गर्न सरकारले न्याम्स मार्फत काम अघि बढाउने तयारी गरेको हो ।

 

प्रतिक्रिया