हेल्प नेपालले जित्यो राष्ट्रिय भलिबल क्लब लिगको उपाधि

admin

काठमाडौं, असार ३० : टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको फाइनलमा हेल्प नेपालले ३–१ को सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो । उपाधिसंगै हेल्प नेपालले रु ६ लाख र उपविजेता पुलिसले रु ३ लाख प्राप्त गरेको छ ।

हेल्प नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो । पुलिसले दोस्रो सेट २५–११ ले जितेपछि सेट १–१ को बराबरी भएको थियो । त्यस्तै तेस्रो सेटमा हेल्प नेपाल २५–१८ ले विजयी हुँदै सेटमा २–१ को अग्रता लिएको थियो भने चौथो सेटमा २५–१८ का साथ हेल्प नेपाल च्याम्पियन बनेको हो ।

महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ । पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराएको थियो । च्याम्पियन पुलिसले ६ लाख र एपिएफले ३ लाख प्राप्त गरेको छ ।

प्रतियोगीतामा महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम तथा पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिम सहभागी थिए ।

प्रतिक्रिया