आज कति छ सुन-चाँदीको भाउ ?

admin

काठमाडौं, १० भदौ : आज आइतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया