सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

admin

काठमाडौं, १३ भदौ : आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ७३ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया