दसैँपछि मात्रै काठमाडौं उपत्यकामा १ करोड भन्दा बढीको धनमाल चोरी

admin

काठमाडौं, कात्तिक ३० : दसैँपछिमात्रै काठमाडौं उपत्यकामा एक करोड भन्दा बढीको धनमाल चोरी भएको छ ।


काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ३७ स्थानबाट गरेर एक करोड तीन लाख ६६ हजार १९५ बरारबरको धनमाल चोरी भएको हो ।

जसमा काठमाण्डौंका २५ स्थानबाट २७ लाख ७ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका सात स्थानबाट सबैभन्दा बढी ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार चोरीमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया