मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा​ गरियाे

admin

काठमाडौं, मंसिर १९ : मंसिर कृष्ण अष्टमी, भैरवको जन्म भएको दिनको रुपमा मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा गरिएको छ ।

भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौंको बसन्तपुरस्थीत कालभैरवको मन्दिरमा बिशेष पूजाआजा गरिएको छ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ ।

भगवान शिवका विभिन्न आठ रुप मध्ये भैरव एक रुप हो । राष्ट्रको रक्षाका लाथि शिव भगवानले भैरवको उत्पती गरेको कथन रहेको युवा विश्व हिन्दू महासंघका अध्यक्ष राजन महर्जनले बताउनुभयो ।

नेपालमा मल्लकालमा काठमाडौंका बासिन्दाले नागार्जुन पहाड उत्खननगर्दा काल भैरवको मुर्ति भेटेर काठमाडौको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेको उहाको भनाइ छ ।

काल भैरव राखिएको त्यहि ठाउँ भैरवस्थान भनेर चिनिन्छ । मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रुपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ । त्यसैकारण यस दिनलाई काल भैरवाष्टमी पनि भनिएको महर्जनले बताउनुभयो । भैरवको आश्रय लिएको खण्डमा मानिस निर्भय हुने बताइएको छ ।

 

प्रतिक्रिया