आज २०८० साल फागुन १५ गते मंगलबारको राशिफल हेर्नुहोस्

admin

मेष : समय राम्रो छ । कर्मको मर्यादामा गरेको कामबाट सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ रहनेछ । तपाईंले परोपकार गर्नुपर्नेछ ।

वृष : दिन राम्रो छ । लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ । भूमि सम्बन्धी काममा फाइदा हुनेछ । शिक्षामा सम्मान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

मिथुन : दिन सामान्य छ । चन्द्रमा छायामा परेका छन् । आजको दिन ठूलाठूला काममा हात लगाउनु ठिक हुँदैन । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक साथ र सहयोग रहने छ ।

कर्कट : दिन राम्रो छ । स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ । खानपानको ख्याल गर्नुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

सिंह : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनसक्छ । गुरुले सहयोग नगर्ने दिन छ । परिवारमा खटपटी हुने जोखिम छ ।

कन्या : दिन राम्रो छ । शिक्षाबाट उत्साह बढ्नेछ । स्वदेशी लगानीमा सफलता मिल्नेछ । पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनमा उत्साह लिनुपर्नेछ ।

तुला : दिन राम्रो छ । आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो । खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । अन्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ । परिवार र समाजले प्रशंसा गर्नेछन् ।

वृश्चिक : दिन सामान्य छ । अरुको समस्या नबुझ्दा आलोचित हुनुपर्ने देखिन्छ । सामाजिक र आर्थिक काम विवादित रहने छन् । नित्यकर्म समान ढंगले चल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर आएको छ । मित्रबाट सहयोग मिल्नेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : आजको दिन सामान्य राम्रो छ । बोलीको प्रभावले हरेक काम बन्नेछन् । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ । साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ ।

कुम्भ : दिन राम्रो छ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । मित्रले सहयोग गर्नेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । परिवारबाट भने असहयोग हुने खतरा छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

मीन : दिन सामान्य राम्रो छ । शनिदेवको प्रभावले आम्दानी भन्दा खर्च बढ्नेछ । लगानी गरेको क्षेत्रमा उथलपुथल आउन सक्छ । समाजबाट तिरस्कार भोग्नुपर्ने देखिन्छ । दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

प्रतिक्रिया