लागूऔषधसहित एक जना पक्राउ

admin

काठमाडौं, २१ फागुन । चितवन प्रहरीले लागु औषध अफिम जस्तो देखिने पदार्थसहित एकजनालाई पक्राउ गरेको छ ।

कालिकोट जिल्ला पचालझरना बस्ने केशब बमको साथमा अफिम जस्तो देखिने कालो पदार्थ देखिने २ किलो ३० ग्राम र नगद २ लाख १६ हजार ५ सय फेला परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालले जानकारी दिनुभयो ।

बमलाई भरतपुर नगर पालिका १० चौबिस कोठी स्थित पश्चिम राजमार्गको सडक खण्डमा सार्वजनिक वारीबाट ओर्लिएर शंकास्पद रुपमा हिड्दै गरेको अबस्थामा प्रक्राउ गरेको उहाले बताउनु भयो ।

बमलाई लागु जिल्ला अदालतमा लागु औषध ओसार पसारको कसुरमा म्याद थप गरी अनुषन्धान भई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय चितवनले चितवनवाट बिभिन्न समयमा हराएका मवबाईल फोनहरु पनि संम्बन्धीत पक्षलाई बुझाएको छ । उक्त अबसरमा ३२ थान मोबाईल फेला पारी सम्बन्धीत पक्षलाई बुझाएको हो ।

प्रतिक्रिया