हाल कुनै नेपालीलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था छैन : श्रममन्त्री अर्याल

admin

काठमाडौं, १४ चैत। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्तिलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री अर्यालले रुस जान श्रम स्वीकृतिको व्यवस्था नगरिएको बताउनुभएको हो । उहाले रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पार्नुभयो ।

वैदेशिक रोजगार व्यवसायीले रुसको सुरक्षीत स्थानका लागि ल्याएको डिमान्डलाई स्वीकृती दिने निर्णय अघिल्लो मन्त्रीको पालामा भएको निर्णय भएकाले आफ्नो कार्यकालमा नै निर्णय भएको भन्ने कुरा गलत भएको उहाले बताउनुभयो ।

उहाले अघिल्लो मन्त्रीको पालामा भएका निर्णयलाई पूर्नविचार गर्नेे उल्लेख गर्नुभयो । त्यस्तै उहाले रुसमा रहेका नेपाली नागरिकको उद्दारका लागि सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया