राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ- प्रधानमन्त्री

admin

काठमाडौं, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको भन्दै राष्ट्रिय समझदारी बनाएर अघि बढ्ने बताउनुभएको हो ।

उहाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय रहेकाले कतिपय समस्या भएको उहाले बताउनुभयो ।

उहाले द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया