कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्छ : केपी ओली

admin

काठमाडौं, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तीत्व र सहकार्यको राजनीति गर्नुपर्ने बताउनुभएको छ ।


बिहीबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तीत्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताउनुभयो । कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्ने गरेको उहाको भनाइ छ ।

ओलीले देशको बिकास, सुशासन लगाएत समृद्ध नेपाल सुखी नेपालीको मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राख्नुभयो । अध्यक्ष ओलीले मिसन चौरासीमा एमालेले एकल बहुमत बनाउने दाबी गर्नुभयो ।

उहाले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनितिक उचाई कायम राख्नुपर्नेमा जोड निदनुभयो ।

 

प्रतिक्रिया