आज २०८० साल चैत २६ गते सोमबारको राशिफल हेर्नुहोस्

admin

मेष : विवेक पुर्याएर बोल्नुपर्ने छ। माया गरेको धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : साथीसँगको भेटले मन खुशी हुनेछ। वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बन्धुबाट सहयोग मिल्नेछ। साथीसँग रमाइलो गर्ने दिन हो। कर्म बलियो रहेकाले लगानी बढाउनु पर्नेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ। परिवारमा भने कुरा नमिल्ने जोखिम हुनसक्छ।

कर्कट : वैदेशी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। आर्थिक लगानीमा ठुलो काम नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ। कर्मको प्रभावले सबैले प्रशंसा गर्नेछन्। न्यायपूर्वक गरेको लगानीको क्षेत्रबाट उन्नति हुनेछ। शिक्षामा सफलता मिल्नेछ।

कन्या : आफन्तसँग रमाइलो भेट हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। हिम्मत गरेमा लगानीको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले मनमा उत्साह थपिनेछ। हरेक कार्यमा परिवारको सहयोग मिल्नेछ।

तुला : यात्रा सुखद् बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। सामाजिक सेवा गर्ने योग छ। परिवारको साथ र सहयोग रहनेछ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

वृश्चिक : नयाँ कामको थालनी हुनेछ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। घरमा अतिथिलाई स्वागत गर्न अवसर मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ।

धनु : महत्त्वपूर्ण सामान हराउने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्ने दिन छ। परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मकर : आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। कर्म क्षेत्रमा मेहनत आवश्यक देखिन्छ। आर्थिक र सामाजिक क्षेत्रका लागि समय अब्बल छ। परिवारको साथ र सहयोग रहनेछ।

कुम्भ : राजनीतिमा सफलता मिल्नेछ। नयाँ कामको सुरुवात हुने दिन छ। इमान्दारिता नगुमाउनु राम्रो हुनेछ। परिवार सकारात्मक छन्।

मीन : व्यापारमा लाभ हुनेछ। लगानीका अवसरहरु खुल्दै जानेछन्। परिवारको साथ र सहयोग रहन्छ। अवसर आउँछ भनेर चुप बस्ने होइन कर्म क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने दिन हो।

प्रतिक्रिया